परियोजना तथा खबर गरौं हेल्पलाईन सेवाको परिचय

नेपालको जनसंख्याको तथ्याङ्क हेर्दा ५१ प्रतिशत भन्दा बढि संख्या महिलाहरूको रहेको छ । विश्वभरि जीवनसाथीद्वारा हुने हिंसामा पर्ने अति प्रभावित १५ अोटा मुलुक मध्य नेपाल चौधौ स्थानमा पर्दछ । त्यसमा पनि ३३ प्रतिशत महिलाले कुनै न कुनै किसिमको भावनात्मक, तथा यौनजन्य हिंसा आफ्नै श्रीमानबाट पाएका छन् । तथापि स्रोत साधन तथा अधिकारको वितरण तथा उपभोगको सवालमा महिलाहरू पछि परेको देखिन्छ ।

यसै सन्दर्भमा लैङ्गिक समता तथा समानताको लागि एकजुट भइ कार्य गर्ने अावश्यकतालाई महसुस गरी राष्ट्रिय महिला आयोगको नेतृत्वमा सन ्२०१६ देखि लैङ्गिकतामा आधारित हिंसाको विरुद्ध एकिकृत प्रयासको रुपमा लैङ्गिक हिंसा रोकथाम र सम्बोधनका लागि एकिकृत (Integrated Platform for Gender Based Violence Prevention and Response) परियोजनाको शुभारम्भ भएको हो । विश्व बैंकको आर्थिक सहयोगमा यो परियोजना संचालनमा छ । साथै, यस परियोजनाको काम कार्यवाहीलाई सहयोग गर्न केयर नेपाल प्राविधिक सहयोगी संस्थाको रुपमा रहेको छ । यस परियोजनाको मुख्य उद्देश्य भनेको लैङ्गिकतामा आधारित हिंसाको सम्बोधन स्वरुप गुणस्तरीय हेल्पलाईनको विकास गरि हिंसा प्रभावित वा हिंसामा परेका बालिका तथा महिलाहरूसम्म सेवा पुर्‍याउनु रहेको छ ।

परियोजनाको मुख्य उद्देश्यहरू

लैङ्गिकतामा आधारित हिंसाको विरुद्ध निःशुल्क हेल्पलाईन सेवा (टेलिफोन सेवा) संचालन गर्ने

राष्ट्रिय महिला आयोगको सेवा सुविधालाई अझ चुस्त, गुणस्तरीय तथा व्यापक बनाउने

लैङ्गिकतामा आधारित हिंसासँग सम्बन्धित मुख्य सरोकारवालाहरूमा जनचेतना अभिबृद्धि गर्ने

परियोजनाको लक्षित वर्ग

यस परियोजनाका मुख्य लक्षित वर्ग महिला तथा बालिकाहरू हुन् ।